काठमाडौं– पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बहुचर्चित बालुवाटार जग्गा प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
आज बिहान ट्विट गर्दै उनले ललिता निवास जग्गा बिक्री प्रकरणमा अख्तिययार दुरुपयोग अनुसन्धान आयोगले लिएको अग्रसरताको स्वागत गरेका छन्।
‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अदुनिआको प्रयत्न स्वागतयोग्य छ। तर प्रथम दृष्टिया यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐनकानुन र राज्य संयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ। मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु।
सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्,’ उनले ट्विटमा भनेका छन्।