बुधबार, भदौ ३, २०८३

कांग्रेस पदाधिकारी बैठकमा गच्छदारबारे छलफल हुँदै

पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार भ्रष्टाचार काण्डमा मुछिएपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार भ्रष्टाचार काण्डमा मुछिएपछि नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ।

सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा कांग्रेस पदाधिकारी बैठक बिहान ९ बजेदेखि बसिरहेको छ।

बैठकमा सभापति देउवासहित, उपसभापति गच्छदार, अर्का उपसभिापति विमलेन्द्र निधि, महामन्त्रीहरु शशांक कोइराला र पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायत उपस्थित छन्।

स्रोतका अनुसार बैठकमा गच्छदारमाथि दर्ता भएको मुद्दाको विषयमा छलफल भइरहेको छ। बैठकपछि यस विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

हिजो नै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएको भन्दै जनाएका थिए।

प्रवक्ता शर्माले बुधबार साँझ ट्विट गर्दै कटाक्षका साथ आपत्ति प्रकट गरेका हुन्। कांग्रेस नेता विजयकुमार गच्छदारलाई मुद्दा दायर गरिएको तर नेकपा नेता नेपाल र पौडेललाई भने उन्मुक्ति दिएकोमा उनको कटाक्ष थियो।

प्रकाशित: Feb 06, 2020| 11:02 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।