बुधबार, भदौ ३, २०८३

मिडिया काउन्सिल विधेयक आजै पारित गर्ने तयारी

मस्यौदा तयार गर्दादेखि नै विवादित बनेको मिडिया काउन्सिल विधेयक संघीय संसदको राष्ट्रिय सभाबाट पारित गर्ने तयारी भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– मस्यौदा तयार गर्दादेखि नै विवादित बनेको मिडिया काउन्सिल विधेयक संघीय संसदको राष्ट्रिय सभाबाट पारित गर्ने तयारी भएको छ।

आज (बिहीबार) दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ।

विधेयकमाथि आज नै छलफल हुनेछ र त्यसपछि मन्त्री बाँस्कोटाले उक्त विधेयक पारित गर्ने प्रस्ताव लग्नेछन्। प्रक्रियाअनुसार उक्त विधेयक आजै पारित हुन सक्नेछ। मिडिया काउन्सिल विधेयक लामो समयदेखि विवादित रहँदै आएको छ।

केही प्रावधानहरु संशोधन गरेर संसदीय समितिबाट विधेयक पारित भइसकेको छ। राष्ट्रियसभाबाट पारित भएको खण्डमा मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पेस हुनेछ।

प्रतिनिधिसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रीहरुले विधेयक पेश गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Feb 06, 2020| 10:43 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।