सोमबार, चैत ९, २०८२

टोटेनहमको संघर्षपूर्ण जित

इंग्लिस एफए कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा टोटेनहमले साउथ ह्यामटनलाई पराजित गरेको छ। टोटेनहम हट्सपुर स्टेडियममा सम्पन्न खेलमा पाहुना टोली साउथह्यामटनले ३–२ को हार बेहोरेको हो।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

टोटेनहम– इंग्लिस एफए कप अन्तर्गत बुधबार राति सम्पन्न खेलमा टोटेनहमले साउथ ह्यामटनलाई पराजित गरेको छ। टोटेनहम हट्सपुर स्टेडियममा सम्पन्न खेलमा पाहुना टोली साउथह्यामटनले ३–२ को हार बेहोरेको हो।

National life

खेलको १२औं मिनेटमै ज्याक स्टेफेनले टोटेनहमलाई गोल उपहार दिएका थिए। उनले साउथह्यामटनकै पोस्टमा गोल गरेपछि घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमै सान लङले साउथ ह्यामटनका लागि पहिलो गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि अन्य गोल बन्न नसक्दा १–१को बराबरीमा पहिलो हाफ सकिएको थियो। खेलको ७२ औं मिनेटमा साउथ ह्यामटनका डेनी इंग्सले दोस्रो गोल गर्दै केही बेरलाई अग्रता बनाएका थिए। तर, ७८औं मिनेटमा टोटेनहमका लुकास मौराले गोल गरेपछि नतिजा पुनः बराबरीमा आएको थियो।

निकै प्रतिस्पर्धात्मक खेलको ८७ औं मिनेटमा सोन ह्युङ मिनले गोल गर्दै टोेटेनहमका लागि निर्णायक गोल गरेका थिए।

यो खेलसँगै एफए कपको चौथो राउन्ड तर्फका रिप्ले खेल सकिएका छन्। पाँचौं चरणका खेल आगामी मार्च ६ बाट हुने छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 06, 2020| 09:47 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।