बुधबार, भदौ ३, २०८३

बानेश्वरको क्याफेमा नेकपाका नेताको रहस्यमय मृत्यु

नेकपाका काभ्रे जिल्ला नेता हरिदेव गिरीको रहस्मय मृत्यु भएको छ । नयाँ बानेश्वरको आलोक नगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा उनको मृत्यु भएको हो ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेका जिल्ला नेता हरिदेव गिरीको रहस्मय मृत्यु भएको छ । नयाँ बानेश्वरको आलोक नगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा उनको मृत्यु भएको हो ।

रेष्टुरेन्टमा रक्ताम्मे र बेहोस अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई हेर्ने वित्तिकै मृत घोषित गरेको बानेश्वर वृतका डीएसपी दुर्गाराज रेग्मीले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार घटना मंगलबार राति भएको हो । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको छ । कसैले हत्या नै गरेको हो वा अन्य कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी रेग्मीले बताए ।

रेष्टुरेन्टन सञ्चालकको दाबीलाई उधृत गर्दै प्रहरीले जनाए अनुसार नेता गिरीले रेष्टुरेन्टमा अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । रक्सीको नशामा रहेका उनी भर्याङबाट झर्ने क्रममा लडेका थिए । तर, प्रहरीले रेस्टुरेन्ट सञ्चालकको दाबी पत्याउन सकिने अवस्था नभएको भन्दै अनुसन्धानलाई तिब्रता दिएको छ ।

प्रहरीले घटनका विषयमा अनुसन्धान गर्न ४ जनालाई नियन्त्रणमा लिइएको छ । घटना भएका बेला रेस्टुरेन्टमा रहेका होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बानेश्वर वृत्तका डीएसपी रेग्मीले जानकारी दिए ।

उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र्पुयाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको छ ।

गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।

प्रकाशित: Feb 06, 2020| 09:03 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।