बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ए डिभिजन लिगमा एघारौं चरणकाे खेल सुरुः शीर्ष दुई र पुछारका दुई टोली भिड्दै

ए डिभिजन लिगमा एघारौं चरणकाे खेल सुरुः शीर्ष दुई र पुछारका दुई टोली भिड्दै

जारी शहीद स्मार ए डिभिजन लिगको एघारौं चरणका खेलहरु सुरु भएका छन्। एन्फा कम्प्लेक्स र एपिएफको हलचोक रंगशालामा हुने खेलमा ..
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं- जारी शहीद स्मार ए डिभिजन लिगको एघारौं चरणका खेलहरु सुरु भएका छन्।

आज (बिहीबार)बाट सुरु भएर २६ माघसम्म चल्ने एघारौं चरणका खेल एन्फा कम्प्लेक्स र एपिएफको हलचोक रंगशालामा हुने आयोजक एन्फाले जानकारी दिएको छ।

आज एघारौं चरणका दुई खेल हुँदै छन्। आजको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीसँग पुछारमा रहेका दुई टोलीले प्रतिस्पर्धा गर्ने छन्।

आजको पहिलो खेलमा हेविवेट मछिन्द्रसँग रेलिगेशन जोनमा रहेको सरस्वती युथ क्लब भिड्ने छ। लिगमा कमजोर प्रदर्शन गरिरहेको सरस्वती युथ क्लब लिगदावेदार मछिन्द्र क्लबलाई रोक्ने दाउमा हुने छ।

सुरुवाटै कमजोर प्रदर्शन गरिहेको सरस्वतीले राष्ट्रिय खेलाडीले भरिएको मछिन्द्रविरुद्ध जित निकाल्ने सम्भावना भने ज्यादै कम छ। नवौं चरणमा हिमालयन शेर्पासँग अप्रत्यासित जित निकालेको सरस्वतीको जितबारे आलोचना भइरहेको छ।

त्यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लब सरस्वती युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा आउन चाहन्छ। मछिन्द्रले १० खेलमा ७ जित र दुई बराबरी खेलेर २२ अंक बनाएको छ। ऊ शीर्षस्थानको आर्मी भन्दा एक अंकले मात्र पछि छ।

खेल १२ बजे सुरु हुने छ। आजै हुने दोस्रो खेल पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ। ३ बजे सुरु हुने खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लब (टिएसी) र सशस्त्र प्रहरीको एपिएफ भिड्दै छन्।

रेलिगेशनबाट एक स्थान मात्र माथि रहेको एपिएफ आफू रेलिगेशनमा नपर्न ठूलो दवाबका साथ मैदान उत्रने छ। त्यस्तै, एकनास प्रदर्शन गर्न नसकेपनि अंक तालिकाको शीर्ष स्थानमा रहेको टिएसी पनि शीर्ष स्थानको दौडमा मछिन्द्र क्लबलाई झेलिरहेको छ।

आर्मीलाई जितको महत्व शीर्ष स्थानका कायम राख्न छ भने एपिएफलाई रेलिगेशन जोनबाट नपर्ने बाटोलाई मजबुत बनाउँन जितको आवश्यकता छ।

एपिएफले दशौं चरण सकिँदा एक खेल जितेर दुई बराबरी खेलेको छ भने अन्य सबै खेलमा हारको सामना गरेको छ। ऊ ५ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Feb 06, 2020| 07:59 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।