काठमाडौं - एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्स बीच समझदारी भएको छ।
विभिन्न डिजिटल भुक्तानी सेवाहरुको प्रयोग गरि इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको हो।
समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे। समझदारीले ग्राहकहरु थप लाभान्वित हुने बैंकले अपेक्षा लिएको हो।
समझदारीअनुसार इन्स्योरेन्सका ग्राहकले बैंकका QR Code, Card POS, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङलगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन्।