बुधबार, असार ३१, २०८३

ब्याटिङ नचल्दा लिगको पहिलो खेलमै हार्‍यो नेपाल

विश्वकप क्रिकेट लिग २ को त्रिपक्षीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ। बलिङ उत्कृष्ट गरेपनि नेपालको पुरानै समस्याका रुपमा रहेको ब्याटिङ नचल्दा लिग अन्तरगतको ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको हो।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– विश्वकप क्रिकेट लिग-२ को त्रिपक्षीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ। बलिङ उत्कृष्ट गरे पनि नेपालको पुरानै समस्याका रुपमा रहेको ब्याटिङ नचल्दा लिग अन्तरगतको ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको हो।

१९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो। जितका लागि सामान्य लक्ष्य पाएपनि ओपनिङमा आएका नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सस्तैमा आउट भएपछि नेपाली इनिङ धरमराएको थियो।

नेपालको स्कोर ४ रन हुँदा ज्ञानेन्द्र १ र पारस ३ रनमा आउट भए। त्यसपछि क्रिजमा आएका शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले नेपालको इनिङ सम्हाल्ने प्रयास गरेपनि ६६ रनको स्कोरमा नेपालले ऐरीलाई गुमाउन पुग्यो।

नेपाललाई जिताउन निकै संघर्ष गरेका भेषावकर पनि ४४ औं ओभरको पहिलो बलमै ५५ रन बनाउँदै आउट भए। यस्तै नेपालका सन्दीपले २८ तथा विनोद भण्डारीले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन्। ओमानका जेशन मक्सुदले तीन तथा विलाल खान र कालिमुल्लाहले दुई/दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन जोडेको थियो। ओमानका लागि मोहम्मद नदीमले अविजित रहँदै ६९ रन बनाए। यस्तै, सन्दीप गौडले ३३, नशिम खुसीले २८, कप्तान जिशान मक्सुदले २० र अक्युब इल्लासले १६ रनको योगदान दिए। नेपालका लागि करन केसीले सर्वाधिक चार विकेट लिए। ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४७ रन खर्चिए।

एकदिवसीय खेलमा डेब्यु गरेका सुशान भारीले तीन विकेट चट्काए। उनले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिए। यस्तै, दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए। ऐरीले एक खेलाडीलाई रनआउन पनि गरे।

प्रतियोगिता अन्तर्गत बिहीबार ओमान तथा अमेरिका बीच खेल हुने छ। नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकासँग खेल्ने छ।

प्रकाशित: Feb 05, 2020| 16:55 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।