बुधबार, असार ३१, २०८३

विश्व वरियतामा नेपाली महिला भलिबल टोली ८७औं स्थानमा

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औं स्थान हासिल गरेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औं स्थान हासिल गरेको छ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औं स्थान हासिल गरेको हो। एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ। वरियता क्रममा नेपालको ५७ अंक रहेको छ।

त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो। त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले ऐतिहासिक रजत पदक हात पारेको थियो।

त्यसैगरी वरियता क्रममा भारत ९७ अंकसहित ५४औं स्थानमा छ। विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ। ३९१ अंक जोड्दै चीन शीर्ष स्थानमा रहेको हो। ३८२ अंक रहेको अमेरिका दोस्रो तथा ३२८ अंक रहेको ब्राजिल तेस्रो स्थानमा छ।

यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन्।

प्रकाशित: Feb 05, 2020| 15:13 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।