बुधबार, असार ३१, २०८३

आईसीसी विश्वकप लिग–टू : नेपालको ५ विकेट गयो

जारी आइसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको ओमानविरुद्धको पहिलो खेलमा नेपालले पाचौँ विकेट पनि गुमाएको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौंमा- जारी आइसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिकोणात्मक क्रिकेट श्रृंखलाको ओमानविरुद्धको पहिलो खेलमा नेपालले पाचौँ विकेट पनि गुमाएको छ।

१९८ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ थालेको नेपालले पाँच विकेट गुमाएको हो।

नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरी ३६ रन बनाएर आउट भएका थिए। उनी आउट भएलगतै मैदान पसेका आरिफ शेख २३.१ ओभरमा आउट भए। आरिफपछि मैदान पसेका रोहितकुमार पौडेल पनि पहिलो बलमै पेभिलियन फकिए।

दिपेन्द्रलाई २०.३ ओभरमा मोहम्मद नदिमले एल्बिडब्लु धराबमा आउट गरे भने ऐरी र रोहितलाई जिसम मक्सुदले आउट गराएका थिए।

५७ बलको सामना गरेका दीपेन्द्रले ५ चौका र १ छक्का प्रहार गरे। आरिफ शेखले १० बलमा ६ रन बनाउन भ्याए भने रोहितले एक रन पनि बनाउन सकेनन्।

यसअघि नेपालका ओपनर कप्तान ज्ञानेन्द्र मल्ल १ र पारस खड्का ३ रनमा आउट भएका थिए। नेपालका लागि दीपेन्द्र र शरद भेषावकरले ६२ रनको साझेदारी गर्दै उकासेका थिए।

अहिले नेपालको २५ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ७८ रन भएको छ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो।

प्रकाशित: Feb 05, 2020| 15:03 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।