मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतसँग पराजित भएपछि नेपालका प्रशिक्षक भन्छन्- हारसँग डराउनु हुँदैन

भारतसँग पराजित भएपछि नेपालका प्रशिक्षक भन्छन्- हारसँग डराउनु हुँदैन

'हामीले राम्रो खेल्यौँ। खेलमा नियन्त्रण बनायौँ। तर, फिनिसिङमा कमजोरी रह्यो,' अलमुताइरीले भने, 'हारबाट डराउनु हुँदैन।'
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- नेपाल-भारत मैत्रीपूर्ण फुटबल पराजय व्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारसँग डराउन नहुने बताएका छन्। नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको बताएका उनले खेलबाट आफू खुशी भएको प्रतिक्रिया दिएका हुन्। 

'हामीले राम्रो खेल्यौँ। खेलमा नियन्त्रण बनायौँ। तर, फिनिसिङमा कमजोरी रह्यो,' अलमुताइरीले भने, 'हारबाट डराउनु हुँदैन।'

खेलमा नेपाल २-१ गोलले पराजित भएको थियो। नेपालले खेलमा तीन वटा राम्रा अवसर पाएपनि सदुपयोग गर्न चुकेको थियो। 

बराबरीमा सकिएको पहिलो हाफमा कुनै पनि टिमबाट गोल हुन सकेको थिएन। तर दोस्रो हाफमा भारतले गोल हान्दै अग्रता बनाएको थियो। त्यसपछि नेपालले पनि एक गोल फर्काएपनि रेफ्रीले समय सकिएको सिटी फुक्नुअघि भारतले  २ गोल हानिसकेको थियो। 

आइतबार दोस्रो मैत्रीपूर्ण खेल भएको हो। यसअघि बिहीबारको पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी भएको थियो। 

प्रकाशित: Sep 05, 2021| 21:28 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।