बुधबार, भदौ ३, २०८३

होण्डाको नयाँ शोरुम हेटौंडामा

 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले यही माघ २२ गते रुद्रपथ, हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप टाइम्स अटोहब प्रा.लि को उद्घाटन गरेको छ ।

मकवानपुरमा अवस्थित होण्डाको एकमात्र आधिकारिक उक्त शोरुम मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरे ।
ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइम्स अटोहब प्रतिबद्ध रहेको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९% को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित: Feb 05, 2020| 13:10 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्