बुधबार, असार ३१, २०८३

ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गतको पहिलो खेलमा ओमानले नेपालसामु १९८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गतको पहिलो खेलमा ओमानले नेपालसामु १९८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा ओमानले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १९७ रन जोडेको हो।

ओमानका लागि मोहम्मद नदीमको अविजित रहँदै ६९ रन बनाए। यस्तै, सन्दीप गौडले ३३, नशिम खुसीले २८, कप्तान जिशान मक्सुदले २० र अक्युब इल्लासले १६ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बिलान खान ७ रनमा अविजित रहे

नेपालका लागि करन केसीले सर्वाधिक चार विकेट लिए। ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४७ रन खर्चिए।

एकदिवसीय खेलमा डेब्यु गरेका सुशान भारीले तीन विकेट चट्काए। उनले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिए।

यस्तै, दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए। ऐरीले एक खेलाडीलाई रनआउन पनि गरे।

नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

नेपाल, ओमान र अमेरिका सम्मिलित शृंखला माघ २९ गतेसम्म चल्नेछ।

प्रकाशित: Feb 05, 2020| 12:47 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।