बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै घटेन बालविवाह, चार महिनामा ११६ बालबालिकाको विवाह

अझै घटेन बालविवाह, चार महिनामा ११६ बालबालिकाको विवाह

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं- बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन ।

राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष ९साउनदेखि कात्तिकसम्म० मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ ।

पहुँच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ ।

बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ७२ जना (३६ विवाह)ले उमेर नपुग्दै विवाह गरेका छन् भने तीन बालिकाको विवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको देखिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । साथै ४१ बालिकाको वयस्क पुरुषसँग विवाह भएको पाइएको छ ।

बालविवाह भएकामध्ये आफूखुशी वा भागी विवाह ५६, अभिभावकद्वारा ३८, सामाजिक सञ्जाल र फेसबुक दुरुपयोगका कारण उमेर नपुग्दै २२ जनाको बालविवाह भएको छ ।

यसैगरी बालविवाहलाई लैङ्गिकरूपमा विश्लेषण गर्दा बालक ३६ र बालिका ८० रहेका छन् । जिल्लागतरूपमा हेर्दा मोरङ जिल्लामा सबैभन्दा बढी २२ बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ ।

बालविवाह गरेका केही जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाई गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ ।

यस अवधिमा भएका ८० बालविवाहमध्ये आठ नेपाल प्रहरीबाट र दुई बाल क्लबबाट गरी जम्मा १० बालविवाह रद्द गरिएको छ ।

सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाट पनि हुने गरेको पाइएको छ । रासस

प्रकाशित: Feb 05, 2020| 11:57 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।