बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिशतसम्मको छुट

सनराइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५ प्रतिशतसम्मको छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको छ ।

सनराइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज, तथा पोखरास्थित फिस्टेल लजमा फुड, बेभरेज तथा बेकरीजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्र्र्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन्।

 

प्रकाशित: Feb 05, 2020| 11:54 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्