बुधबार, असार ३१, २०८३

ओमानको दोस्रो विकेट झर्‍याे, करन केसीले नै दिलाए सफलता

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नेपाललाई करन केसीले दोस्रो सफलता दिलाएका हुन्। उनले ६.४ ओभरमा खावर अलीलाई आउट गरे। उनले अलीलाई ५ रनमा विनोद भण्डारीद्वारा क्याच आउट गराए।

यसअघि पहिलो ओभरको अन्तिम बलमा करनले ओमानको पहिलो विकेट झारेका थिए। उनले ओमानको पहिलो विकेटका रूपमा जतिन्दर सिंहलाई ४ रनमा आउट गरे।

जारी खेलमा ८ ओभरको खेल सकिँदा ओमानले २ विकेटको क्षतिमा २२ रन जोडेको छ। ओमानका अक्युब इल्लास १४ रनमा खेलिरहँदा जिशन मक्सुदले रन जोड्न सकेका छैनन्।

नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।

प्रकाशित: Feb 05, 2020| 10:16 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।