बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वी राजमार्गको समानान्तर त्रिशूलीपारि सडक बनाइने

पृथ्वी राजमार्गको समानान्तर त्रिशूलीपारि सडक बनाइने

पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो ।

पहिले नै ट्रयाक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्रयाक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उनले भने, “मलेखुबाट विशालटारसम्म पनि ट्रयाक खोल्न समस्या छैन ।”

नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने पाइएको छ । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो ।

ठाउँठाउँमा पुल रहेका र कतिपय बन्ने क्रममा रहेकाले पनि वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले बताए । उनले भने, “यसले गर्दा एकातिर स्थानीयवासी लाभान्वित हुनेछन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पारिबाट समेत आवतजावत गर्न सक्छन् ।”

नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि नै यो सडक निर्माण गर्न लागिएको हो । नागढुङ्गा सडकमा दैनिक झण्डै १५ हजार सवारीसाधन आवतजावत गर्ने गरेकामा यो सडक सञ्चालनमा आएपछि त्यो चाप कम हुने विश्वास गरिएको छ ।
रासस

प्रकाशित: Feb 05, 2020| 10:11 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।