बुधबार, असार ३१, २०८३

नेपाललाई पहिलो सफलता, करन केसीले लिए विकेट

‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात परेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’को त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात परेको छ।

नेपाललाई करन केसीले पहिलो सफलता दिलाएका हुन्। उनले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहलाई ४ रनमा आउट गरे।

जारी खेलमा ५ ओभरको खेल सकिँदा ओमानले १ विकेटको क्षतिमा १० रन जोडेको छ।

ओमानका अक्युब इल्लास ६ रनमा खेलिरहँदा खाबार अलीले रन जोड्न सकेका छैनन्।

यता नेपालका करन केसीले तीन ओभरमा एक मेडन फाल्दै पाँच रन खर्चिएका छन्। अविनाश बोहराले भने दुई ओभरमा १ मेडन फाल्दै ५ रन खर्चिएका छन्।

जारी खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

‘विश्वकप लिग २’मा नेपाल र ओमान पहिलोपटक आमनेसामने छन्।

नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । ओमानको कप्तानी सुरज कुमारले गरिरहेका छन्।

प्रकाशित: Feb 05, 2020| 09:58 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।