बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले मिचेको भूमि फिर्ता ल्याउन संसदमा संकल्प प्रस्ताव

भारतले मिचेको भूमि फिर्ता ल्याउन संसदमा संकल्प प्रस्ताव

सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त सङ्कल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन सङ्कल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ ।

रासस

प्रकाशित: Feb 05, 2020| 07:33 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।