बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सडक डिभिजनका निमित्त प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक डिभिजनका निमित्त प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक डिभिजन कार्यालय लाहान सिराहाका निमित्त डिभिजन प्रमुखसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं - सडक डिभिजन कार्यालय लाहान सिराहाका निमित्त डिभिजन प्रमुखसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

निमित्त प्रमुख बिनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर विरेन्द्रकुमार साहविरुद्ध १८ लाख ९६ हजार बीगो माग दाबी गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

निमित्त प्रमुख साहविरुद्ध तीन लाख र अन्य दुई जनाविरुद्ध १५ लाख ९६ हजार बीगो माग दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

निमित्त प्रमुख साह रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीबाट लिएको तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए।

यस्तै इन्जिनियर र सवइन्जिनियर साहद्वयले रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीबाट लिएको १५ लाख ९६ हजारसहित अख्तियारले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो।

पक्राउ परेकाविरुद्ध भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित: Feb 04, 2020| 18:38 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।