बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारलाई कारबाही नगरे जनकपुर उपमहानगरको काम अनिश्चितकाललाई बन्दः कर्मचारी

पत्रकारलाई कारबाही नगरे जनकपुर उपमहानगरको काम अनिश्चितकाललाई बन्दः कर्मचारी

जनकपुरधाम उप–महानगरपालिकाको कामकारवाही बिहीबारदेखि अनिश्चितकालिन बन्द हुने भएको छ। मेयर लाल
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

जनकपुरधाम– मेयर लालकिशोर साहको कार्यकक्षमा पत्रकारको एक समूह र कर्मचारीबीच भएको विवादमा उपमहानगरपालिकाको कामकारवाही प्रभावित हुँदै आएको छ।

उक्त विवादमा कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अनिल मिश्रले पत्रकारहरुमाथि कुटपिट भएको भन्दै किटानी जाहेरी दिएका थिए। जाहेरीपछि आइतबार जनकपुरका होटल व्यवसायी धर्मेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहलाई रिहा गर्न जनकपुर उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी तथा राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए।

सोमबार र मंगलबार जनकपुरधाममा सडक अवरुद्धलगायतका कार्यक्रम गर्दै प्रदर्शन भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयले व्यापारी साहलाई साधारण तारेखमा रिहा गरेको छ।

पत्रकारको समूहले मेयरको कार्यकक्षमा कर्मचारी तथा सेवाग्राहीहरुमाथि हातपात गरेको विषयमा प्रहरीले कारवाही नगरेको भन्दै कर्मचारीहरु पनि आन्दोलित छन्। जसक्रममा कर्मचारीहरुले सोमबार र मंगलबार विहानदेखि २ बजेसम्म ‘पेन डाउन’ गरी बसेका थिए।

मेयरको कार्यकक्षमा हातपात गर्ने पत्रकारहरुलाई कारवाही नभए बिहीबारदेखि जनकपुर उप–महानगरपालिकाका २५ वटै वडाको काम कारवाही अनिश्चितकालिनका लागि ठप्प पार्ने घोषणा कर्मचारीहरुले गरेका छन्।

प्रकाशित: Feb 04, 2020| 18:08 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।