बुधबार, असार ३१, २०८३

सुखद सुरुवातको लक्ष्यसहित ओमानसँग भिड्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबारदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमान र अमेरिका नेपाल आइसकेका छन्। नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई/दुई खेल खेल्नेछन्। नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ मा खेल्नेछ। त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ।

लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन्। अहिलेसम्म अंक तालिकामा अमेरिका शीर्ष स्थानमा छ। आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अंक जोडेको छ। त्यस्तै स्कटल्यान्ड नौ अंक जोड्दै दोस्रो स्थानमा छ भने आठ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ।

समान आठ अंक नै जोडेको ओमान अंक तालिकाको चौथो स्थानमा छ भने सात अंक रहेको युएई पाँचौं र अंकविहीन रहेको पपुवा न्युगिनी छैटौं स्थानमा छ। नेपालले भने पहिलो खेल खेल्न लागेको हो।

सोमबार अमेरिकासँग भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट-११ ले ३७ रनको जित निकालेको छ। नेपालले दिएको १ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३२ ओभर २ बलमा अलआउट हुँदै ७४ रनमा समेटिएपछि नेपालको प्रेसिडेन्ट-११ ले ३७ रनको जित निकालेको हो। नेपालका सुवास खकुरेलले ५२ रन बनाए।

प्रकाशित: Feb 04, 2020| 17:58 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।