बुधबार, भदौ ३, २०८३

बाल्ट्राको दशैं अफरका विजेता घोषित

 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– नेपालमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेसले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको दशैं ल्यायो नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरु मध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ इन्च स्मार्ट टि.भी. जितेका छन् ।

त्यसै गरी उक्त योजना अन्तर्गत २ जनाले ४० इन्च टि.भी., ३ जनाले ३२ इन्च टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।

प्रकाशित: Feb 04, 2020| 17:53 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्