बुधबार, भदौ ३, २०८३

माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट पैसा

 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंक बाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।

यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।
माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

 

प्रकाशित: Feb 04, 2020| 17:50 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्