बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारमा गएका नेपालीको पक्षमा कांग्रेसको जरुरी प्रस्ताव

वैदेशिक रोजगारमा गएका नेपालीको पक्षमा कांग्रेसको जरुरी प्रस्ताव

सांसद संग्रौलाको प्रस्तावमा कांग्रेसका सांसद संजय कुमार गौतम र रामबहादुर विष्टले समर्थन गरेका छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं- वैदेशिक रोजगारमा भएका नेपालीहरुको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। कांग्रेस सांसद एवं छाया सरकारकी श्रम मन्त्री डिला संग्रौलाले उक्त प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराएकी हुन्।

विदेशमा रोजगारीकै क्रममा अकाल मृत्युवरण न्यूनीकरणका लागि राज्य पक्षबाट भएका सघन पहलहरूका बारेमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको संग्रौलाले जनाइन्।

सांसद संग्रौलाको प्रस्तावमा कांग्रेसका सांसद संजय कुमार गौतम र रामबहादुर विष्टले समर्थन गरेका छन्।

‘विगत एक दशक भित्र सात हजार ३ सय ९० जना नेपाली युवाले आफ्नो प्राण विदेशमा त्याग्नु परेकोे सत्यसँग हामी सबै परिचित छौँ। अपितु, विदेशमा रोजगारीकै क्रममा हुने अकाल मृत्युवरण न्यूनीकरणका लागि राज्य पक्षबाट भएका सघन पहलहरूका सम्बन्धमा सम्मानित सदनमा जानकारी दिइनुपर्ने आवश्यकता मैले महसुस गरेकी छु,’ प्रस्तावमा भनिएको छ।

‘वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनौट प्रक्रियामा भएको व्यवस्था विपरीत नेपाली कामदार पठाउँदा पनि संकट सिर्जना हुने गरेको छ। अर्कोतर्फ, अवैध बाटो हुँदै विदेश यात्रामा जानेहरूको ताँतीले थप समस्या निम्ताएको छ,’ दर्ता भएको प्रस्तावमा उल्लेख गरिएको छ, ‘वैदेशिक रोजगारी मुलुकको समृद्धिका लागि सर्वकालीन विकल्प कदापि हुन सक्दैन। बरु मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ नेपाल सरकार लाग्नुपर्दछ।’

प्रस्तावमा छलफलका लागि विभिन्न विषय उठाइएको छ । जसमध्ये वैदेशिक रोजगारीमा जाँदा समस्या परेको युवाहरुलाई प्रदान गरिने राहत प्रभावकारी र व्यवस्थित बनाउन माग गरिएको छ। सरोकारवाला तथा सर्वपक्षीय छलफलमार्फत वैदेशिक रोजगारीका तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्न छलफल आवश्यक रहेको भनिएको छ।

प्रस्तावमा उल्लेख भए बमोजिम ‘रोजगारीका लागि गएकामध्ये दुई दर्जनभन्दा धेरै युवाहरू अहिले विभिन्न देशस्थित अस्पतालमा कोमामा वर्षौंदेखि रहेका छन्। उनीहरूको उचित उपचार र अवस्था हेरेर आश्रित परिवारलाई आर्थिक सहयोग र रोजगारीको अवसर प्रदान गर्न नेपाल सरकारले हालै मात्र वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार शून्य लागतमा नेपाली कामदारलाई मलेशिया पठाउन सरकारले नै मलेशियाली कम्पनीहरूसँग सिधा सम्वादमार्फत रोजगारी सुनिश्चित गर्न प्रस्ताव दर्ता गरिएको हो ।

प्रकाशित: Feb 04, 2020| 16:15 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।