सोमबार, चैत ९, २०८२

८ महिना पछि सर्‍याे धनगढी प्रिमियर लिग

धनगढीमा वार्षिक रुपमा आयोजना हुने धनगढी प्रिमियर लिगको आयोजना मिति सारिएको छ। विगतका सिजनमा १५ बाट १७ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगिताको मिति यस वर्ष भने अक्टोबरमा सारिएको हो।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– धनगढीमा वार्षिक रुपमा आयोजना हुने धनगढी प्रिमियर लिगको आयोजना मिति सारिएको छ। विगतका सिजनमा १५ बाट १७ फेब्रुअरीसम्म आयोजना हुने प्रतियोगिताको मिति यस वर्ष भने अक्टोबरमा सारिएको हो।

National life

प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता सारेको जानकारी गराएको हो। उसले व्यस्त नेपाली क्रिकेट प्रतियोगिताका कारण यो लिग सार्नुपरेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले चौथो संस्करण यही फेब्रुअरी १५ देखि २७ सम्म गर्ने यसअघि नै घोषणा गरिसकेका थियौं । तर, नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरका कारण हामी प्रतियोगिताको आयोजना मिति सार्न बाध्य छौं । अब चौथो संस्करण २०२० अक्टोम्बर २४ देखि नोभेम्बर ७ सम्म आयोजना हुने जानकारी गराउँदछौं ।’

फागुनमा हुँदै आएको प्रतियोगिता अब कात्तिक पहिलो हप्ताबाट सुरु हुने भएको छ। धनगढी प्रिमियर लिगले तीन सिजनको प्रतियोगिता गराइसकेको छ।

प्रकाशित: Feb 04, 2020| 15:57 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।