बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसभाले वार्षिकोत्सव मनाइरहँदा बाहिर उपभोक्ता समितिको धर्ना

प्रदेशसभाले वार्षिकोत्सव मनाइरहँदा बाहिर उपभोक्ता समितिको धर्ना

प्रदेश २, प्रदेशसभाले दोस्रो वार्षिकोत्सव मनाइरहँदा उपभोक्ता समितिका सदस्यहरु भने प्रदेशसभा भवन बाहिर धर्नामा छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

जनकपुरधाम– प्रदेश २, प्रदेशसभाले दोस्रो वार्षिकोत्सव मनाइरहँदा उपभोक्ता समितिका सदस्यहरु भने प्रदेशसभा भवन बाहिर धर्नामा छन्।

प्रदेश सरकारले पछिल्लो आर्थिक वर्षमा सम्पन्न योजनाहरुको भुक्तानी नगरेको भन्दै उपभोक्ताले प्रदेशसभा भवन बाहिर धर्ना दिएका हुन्।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कार्य सम्पन्न भइसक्दा पनि भुक्तानी नभएको भन्दै उपभोक्ताहरु केही सातादेखि आन्दोलनमा छन्।

सरकारले बक्यौता रकम भुक्तानी नगरेपछि ठूलो समस्यामा परेको उपभोक्ता रोशनसिंह राणाले बताए। भुक्तानीको सम्बन्धमा मुख्यमन्त्रीदेखि सम्बन्धित मन्त्रीहरुले पटक पटक झुटो आश्वासनमात्र दिनेगरेको उनको गुनासो छ।

“सम्पन्न भइसकेको कामको रकम भुक्तानी गर्न नसक्ने व्यक्तिले नैतिकताका आधारमा पनि सरकार छोड्नुपर्छ,” राणाले भने।
गत आर्थिक वर्षमा सम्पन्न भएका ८४२ योजनाबाट करिब ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।

प्रकाशित: Feb 04, 2020| 15:25 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।