बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गायक प्रमोद खरेलले गरे अन्तर्राष्ट्रिय रंगशालालाई सहयोगको घोषणा

गायक प्रमोद खरेलले गरे अन्तर्राष्ट्रिय रंगशालालाई सहयोगको घोषणा

गायक प्रमोद खरेलले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– गायक प्रमोद खरेलले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।

खरेलले आफ्नो फेसबुक स्टाटसमार्फत रंगशाला निर्माणका लागि एक वर्षसम्म (२०७६ माघ १७-२०७७ माघ १७) सहभागी हुने प्रत्येक सांगीतिक कार्यक्रमको पारिश्रमिकबाट ५ हजार १ सय ११ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

यसअघि क्रिकेट खेलाडी सन्दीप लामिछानेले पनि रंगशालाका लागि आर्थिक सहयोगको घोषणा गरेका थिए।

लामिछानेले काठमाडौंमा माघ २२ देखि २९ सम्म हुन लागेको ‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गतको त्रिपक्षीय क्रिकेट शृंखलामा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। 

धुर्मस–सुन्तली फाउन्डेसनले २०७५ माघदेखि रंगशाला निर्माण थालेकाे हाे।  

प्रकाशित: Feb 04, 2020| 13:10 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।