बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा कोरोना भाइरसबाट बच्न चार निर्णय : जनचेतना वृद्धिदेखि आइसोलेटेड बेडसम्म

प्रदेश १ मा कोरोना भाइरसबाट बच्न चार निर्णय : जनचेतना वृद्धिदेखि आइसोलेटेड बेडसम्म

प्रदेश १ सरकारले चीनमा फैलिरहेको प्राणघातक नोभल कोरोना भाइरसबाट बच्न विभिन्न चार निर्णय गरेको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

टहरी– प्रदेश १ सरकारले चीनमा फैलिरहेको प्राणघातक नोभल कोरोना भाइरसबाट बच्न विभिन्न चार निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलगायत सरोकारवालासँग बसेको बैठक पछि प्रदेश सरकारले चार निर्णय गरेको हो।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमण हुन नदिन समेतनामूलक कार्यक्रम गर्ने पहिलो योजना बनाएको छ भने विभिन्न स्वास्थ्य संस्थामा संक्रमितलाई आइसोलेटेड बेडको व्यवस्था गर्ने निर्णय गरेको छ।

मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल मोरङ, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान, बीएन्डसी अस्पताल बिर्तामोड र विराटनगरका विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा यस्ता बेड राखिनेछ।

यस्तै प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको सहकार्यमा प्रदेशका सबै जिल्लामा सतकर्ता अभियान सञ्चालन गर्नेछ।


कोरोला संक्रमणबाट जोगिन प्रदेश १ का दुई  चिनियाँ नाका बन्द हुँदा पर्नसक्ने खाद्यान्न असुविधाको व्यवस्थापनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत मनोज कार्कीले जनाएका छन्।

प्रकाशित: Feb 04, 2020| 13:05 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।