बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वडाध्यक्षको शव उठाएनन् आफन्तले, धनगढीबाट कुकुरसहित प्रहरी टोली जाँदै

वडाध्यक्षको शव उठाएनन् आफन्तले, धनगढीबाट कुकुरसहित प्रहरी टोली जाँदै

अछाममा वडाध्यक्ष मृत भेटिएको घटनाबारे अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली पठाएको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– अछाममा वडाध्यक्ष मृत भेटिएको घटनाबारे अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली पठाएको छ।

संघीय प्रहरी इकाई कार्यालय धनगढीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली अछाम पठाएको हो। सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देववहादुर बोगटीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको टोली पठाइसकिएको जानकारी दिए।

धनगढीबाट घटनास्थल विनायक पुग्न गाडीमा करिव १० घण्टा लाग्छ। टोली आज बेलुकीसम्ममा घटनास्थल पुग्छ।

पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शव भैँसी बाँध्ने छानामा मंगलबार बिहान भेटिएको हो। नगर प्रमुख देवराज देवकोटाले घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली पठाउन पहल भइरहेको बताए।

धामीको शव रक्ताम्य अवस्थामा रहेकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। आफन्तले घटनाबारे सत्यतथ्य अनुसन्धान नहुँदासम्म शव उठाउन नदिने बताएका छन्।

३८ वर्षीय धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

 

प्रकाशित: Feb 04, 2020| 12:11 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।