बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै राष्ट्रपति सी, निर्देशन अवज्ञा गर्नेलाई कारवाही

कोरोनाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै राष्ट्रपति सी, निर्देशन अवज्ञा गर्नेलाई कारवाही

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले कोरोना भाइरस विरुद्धको अभियानका क्रममा दिइएको निर्देशन अवज्ञा गर्ने अधिकारीमाथि कारवाही गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले कोरोना भाइरसविरुद्धको अभियानका क्रममा दिइएको निर्देशन अवज्ञा गर्ने अधिकारीमाथि कारवाही गर्ने निर्णय गरेको छ।

पोलिटब्युरो बैठकको अध्यक्षता गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसविरुद्धको एकीकृत अभियानका क्रममा दिइएका निर्देशन अवज्ञा गर्नेलाई कडा कारवाही हुने बताएका छन्।

बैठकमा कोराना भाइरसका विषयमा छलफल भएको थियो। जसमा खाद्य पदार्थका क्षेत्रमा समस्या देखिएको स्वीकार गरिएको थियो। राष्ट्रपति सीले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन निर्देशनसमेत दिएका छन्।

राष्ट्रपति सीले कोरोनाका उपचारका क्रममा केही कमजोरी पनि भएको स्वीकार गरेका छन्। पोलिटब्युराेले पशु बजारमा अध्ययन गरी समस्या समाधान गर्न निर्देशनसमेत दिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्हवाका अनुसार राष्ट्रपति सीले कोरोनाविरुद्ध सबै एकजुट भएर सहयोगमा लाग्न निर्देशन दिएका छन्।

प्रकाशित: Feb 04, 2020| 11:41 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।