सोमबार, चैत ९, २०८२

दसौं चरणको समापन खेलमा एनआरटी र फ्रेन्ड्स भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दै छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) एक खेल हुँदै छ।

National life

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने दसौं चरणको अन्तिम खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब भिड्दै छन्।

गत सिजनको भन्दा राम्रो प्रदर्शन गर्दै आएको एनआरटी आजको खेलमा जित निकाल्दै चौथो स्थानका लागि मैदान प्रवेश गर्नेछ। त्यस्तै, फ्रेन्ड्स क्लब पनि जित निकाल्दै स्थान सुधार गर्ने दाउमा हुनेछ।

आज फ्रेन्ड्सले जित निकालेमा ऊ आठौं स्थानसम्म पुग्ने सम्भावना रहन्छ। फ्रेन्ड्सले ९ खेलमा ३ जित र दुई बराबरीका साथ ११ अंक बनाउँदै दसौं स्थानमा छ।

उता, सातौं स्थानमा रहेको एनआरटीले भने समान ९ खेलमा पाँच जित र दुई बराबरी खेलेर १५ अंक बनाएको छ। गत सालको रेलिगेसनको कारवाही स्वरुप उसको २ अंक कटौती गरिएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 04, 2020| 08:19 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।