बुधबार, भदौ ३, २०८३

‘सीता’ लाई योद्धाको रुपमा चिनाउने काजलको सपना

राजा जनककी पुत्री सीता एक साहसिक र त्यागी महिलाको रुपमा परिचित छिन्।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

जनकपुरधाम- राजा जनककी पुत्री सीता एक साहसिक र त्यागी महिलाको रुपमा परिचित छिन्। भगवान रामसँग विवाहपश्चात् अयोध्या गएपछि १४ वर्ष वनवास बस्नु परेको पौराणिक कथा छ।

वनवासपछि पुनः अयोध्या फर्किँदा उनको चरित्रमाथि उठाइएको विभिन्न खाले आक्षेपका कारण सीतालाई अग्नि परीक्षा नै दिनुपर्‍यो।

जनक नन्दिनी सीताले भोग्नुपरेको दुःख र कष्टका कारण उनलाई हालसम्म साहसिक र त्यागी महिलाको रुपमा वर्णन गरेका पाइन्छ।

तर जनकपुरकी काजल कर्णले माता सीतालाई एक योद्धाको रुपमा चिनाउने सपना बोकेकी छिन्। अहिलेसम्म सीतालाई एक त्यागी महिलाको रुपमा मात्र प्रस्तुत गरिएकोले उनलाई योद्धाको रुपमा प्रस्तुत गर्ने आफ्नो चाहना रहेको केही दिनको लागि जनकपुर आएकी काजल बताउँछिन्।

शिव धनु उचाल्न सक्ने व्यक्तिसँग मात्र सीताको विवाह हुने राजा जनकले राखेको शर्तअनुसार अयोध्याका राजकुमार राम सफल भए। र, उनको सीतासँग विवाह भएको मान्यता छ। रामबाहेक अन्य कसैले उचाल्न नसकेको शिवधनु सीताले सात वर्षकै उमेरमा उठाईसकेकोले उनी योद्धासमेत रहेको काजलको तर्क छ।

सीताको जन्मभूमि जनकपुरमा १५० फिट भन्दा ठूलो प्रतिमा निर्माण गर्ने चाहना छ, उनको। ‘सीतालाई अहिलेसम्म एक त्यागी महिलाको रुपमामात्र प्रस्तुत गरिएको छ,’ काजल भन्छिन्, ‘उहाँ योद्धासमेत हुनुहुन्थ्यो, प्रतिमामार्फत् योद्धाको रुपमा प्रस्तुत गर्ने मेरो चाहना छ।’

यसका लागि हातमा धनुष बोकेको सीताको प्रतिमा निर्माण उनले जमर्को कसेकी छिन्। ‘ग्लोब’ आकारको आकृति निर्माण गरी त्यहाँ १५० फिट भन्दा अग्लो सीताको प्रतिमा बनाउने मेरो योजना छ,’ उनले भनिन्, ‘जनकपुरको रंगभूमि मैदानभित्र केही जग्गामा यस्तो प्रतिमा तयार पार्न सकिन्छ।’ जनकपुरमा तयार पारिने सीताको प्रतिमालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने आफ्नो चाहना रहेको उनले सुनाइन्।

यस विषयमा काजलले जानकी पुजारी रामरोशन दाससँग समेत कुरा गरेकी छिन्। आफूले प्रस्तुत गरेको प्रस्तावमा दास सकारात्मक भएको भन्दै काजलले प्रतिमा निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइन्।

दास ग्लोबमाथि सीताको प्रतिमा बनाउने काजलको सोच राम्रो रहेको बताउँछन्। ठूलो आकारको ग्लोब तयार पारेर बाहिर सीताको प्रतिमा र भित्र धनुष यज्ञ लगायतका कुराहरु प्रतिमा मार्फत् देखाउने काजलको सोच प्रशंसनीय रहेको उनले बताए। सीताको प्रतिमा तयार पार्न रंगभूमि मैदान उपयुक्त रहेको उनको भनाइ छ।

काजल पछिल्लो १०/१२ वर्षदेखि अमेरिकामा बस्दै आइरहेकी छन्। अमेरिकामा बसेर पनि कला संस्कृतिको प्रबद्र्धन र संवद्र्धनका लागि निरन्तर काम गरिरेहकी छिन्, काजल।

प्रकाशित: Feb 03, 2020| 17:54 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।