सोमबार, चैत ९, २०८२

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्। काठमाडौंमा हुन लागेको लिग-२ अन्तर्गतको ट्राइसिरिज सकिएलगत्तै लागू हुने गरि उनले राजीनामा दिएका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा राजीनामा बुझाएका छन्।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं - नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्। काठमाडौंमा हुन लागेको लिग-२ अन्तर्गतको ट्राइसिरिज सकिएलगत्तै लागू हुने गरि उनले राजीनामा दिएका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा राजीनामा बुझाएका छन्।

National life

गत जेठमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा उनलाई एक वर्षका लागि आईसीसीले नियुक्त गरेको थियो। त्यसबेला क्यान आईसीसीको निलम्बनमा रहेको थियो। पटवालले सम्झौता बाँकी रहँदै राजीनामा बुझाएका हुन्। उनले नेपाललाई सन् २०२० को विश्वकपमा पुर्याउने लक्ष्य रहेको बताएका थिए। तर, साउनमा सिंगापुरमा भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्न पुग्यो।

पटवालले आईसीसीबाट मासिक सात हजार अमेरीकी डलर पारिश्रमिक लिँदै आएका छन्। पटवालको प्रशिक्षणमा नेपालले खासै ठूलो उपलब्धि भने हासिल गर्न सकेको छैन।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले क्यानमा पनि राजीनामा हल्ला आएको बताए। नेपालसमयसँग कुरा गर्दै उनले भने, ‘हामीले पनि राजीनामा दिएको हल्ला सुनेका हौं। आधिकारीक रुपमा केही पनि आएको छैन। तर, यसबारे कुरा आइरहेको छ।’

पर्सी(माघ २२) बाट नेपालमा लिग-२ अन्तर्गतको खेल आयोजना हुँदै छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 03, 2020| 17:45 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।