बुधबार, असार ३१, २०८३

विश्व वरियतामा नेपाल यथावत्, खस्किए पारस र सन्दीप

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२औं स्थानमा थियो।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२औं स्थानमा थियो।

टी-ट्वान्टीमा नेपाल ११ औं स्थानसम्म पुगेको छ । टी-ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्। टी-ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औं स्थानमा रहेका छन्। यसअघि उनी ६०औं स्थानमा रहेका थिए।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औं स्थानमा छन्। यसअघि उनी ८३औं स्थानमा रहेका थिए। अलराउण्डरतर्फ पारस २७ औं स्थानमा तथा सोमपाल कामी ६५औं स्थान तथा करण केसी ७५ औं स्थानमा रहेका छन्।

 

प्रकाशित: Feb 03, 2020| 17:33 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।