बुधबार, असार ३१, २०८३

मनाङको अपराजित यात्रामा ब्रेक, सन्तोष बने शीर्ष गोलकर्ता

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ। सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा च्यासलले साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० को गोल अन्तरले हराएको हो।

खेलको २४ औं मिनेटमा च्यासलका विदेशी खेलाडी टैगा नकामुराले गोल गरेका थिए। च्यासलले फ्री किकमा पाएको अवसरको सदुपयोग गरेर खेलमा पहिलो स्कोर गरेको थियो।

खेलको इन्ज्युरी समयमा सन्तोष साहुखलले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाएका थिए। त्यसपछि मनाङले खेलमा फर्कने अवसर नै पाएन।

अन्ततः मनाङले जारी लिगमा पहिलो हार खाएको छ। यो हारसँगै उसको अपराजित यात्रामा समेत ब्रेक लागेको हो।

जितसँगै च्यासल युथ क्लबले अंक तालिकामा एक स्थान सुधार गरेको छ। उसले लिगमा तेस्रो जित निकाल्दै तीन बराबरीका साथ १२ अंक बनाएको छ। च्यासल हाल नवौं स्थानमा छ।

त्यस्तै, मनाङ १९ अंकका साथ तेस्रो स्थानमा छ। मनाङ शीर्षस्थानको आर्मी भन्दा ४ अंकले पछि छ भने दोस्रो स्थानको मछिन्द्रभन्दा ३ अंकले पछि छ।

सन्तोष सर्वाधिक गोलकर्ता

आजको खेलमा गोल गरेसँगै जारी लिगमा सन्तोषको व्यक्तिगत गोल ७ पुगेको छ। उनले आज मनाङविरुद्धको खेलेको इन्ज्युरी समयमा गोल गरेसँगै उनको गोलसंख्या ७ पुगेको हो।

त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ ६ गोलसहित शीर्ष गोलकर्ताको दोस्रो स्थानमा छन्।

प्रकाशित: Feb 03, 2020| 17:16 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।