आइतबार, चैत ८, २०८२

गरिब र जेहेन्दारलाई छुट्याइएको चिकित्सा शिक्षाको छात्रवृत्ति दुरुपयोग हुन नदिन माग

प्रतिनिधिसभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि छुट्याइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि छुट्याइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन्। 

National life

प्रतिनिधिसभा अन्तर्गत आइतबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरु मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतका सांसदहरुले चिकित्सा शिक्षा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीहरुका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरि नियमावली बनाउने काम नगर्न सरकारलाई सचेत गराएका हुन्। 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पुर्‍याउने गरि आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले चिकित्सा क्षेत्रको परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग माग गरेकी हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विश्वकर्माले गरिब र जेहेन्दार वर्गका लागि छुट्याइएको छात्रवृत्तिमा चलखेल गर्ने काम हुन नदिन सरकारलाई सचेत गराए। उनले सबै समूदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्ने कानुनी व्यवस्थालाई समेत बेवास्ता हुने गरि चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न पनि सरकारसँग माग गरेका हुन्।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरुलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरि ऐन बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले पीछडिएका क्षेत्रको उत्थानका लागि सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।

Laxmi sunrise bank
kumari

बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समुदायका लागि छुट्याइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन आफूहरु सचेत रहेको बताए। उनले मेडिकल शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आयोगको तर्फबाट सक्दो पहल भइरहेको पनि समितिलाई जानकारी गराए।

उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तर्गतका परीक्षाहरु सञ्‍चालनमा ढिलाइ नहुने गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। मंसिर, पुसभित्र सो संस्थान अन्तर्गतका सबै परीक्षाहरु लिने गरी सरोकारवाला पक्षहरुसँग छलफल गर्ने कामलाई अघि बढाइएको पनि उनले बताए।


प्रकाशित: Sep 05, 2021| 19:48 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्