बुधबार, असार ३१, २०८३

सुजितको गोलमा जावलाखेल विजयी

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले हराएको हो।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले हराएको हो।

खेलको ३२ औं मिनेटमा जावलाखेलका सुजित बुढाथोकीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनको फितलो प्रहारलाई पनि गोलरक्षक विशाल सुनारले रोक्न नसकेपछि बिबिसी पहिलो हाफमै एक गोलले पछि पर्‍यो। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफको नतिजा नै अन्तिम बन्यो।

जितसँगै जावलाखेलले अंक तालिकामा दुई स्थान सुधार गरेको छ। उसले लिगमा चौथो जित निकाल्दै तीन बराबरीका साथ १५ अंक बनाएको छ। जावलाखेल हाल छैटौं स्थानमा छ।
त्यस्तै, बिबिसी ८ अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित: Feb 03, 2020| 14:47 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।