बुधबार, असार ३१, २०८३

इटालियन लिगमा युभेन्ट्स विजयी

इटालियन लिग सिरी एअन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई पराजित गरेकाे छ। 
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

टुरिन– इटालियन लिग सिरी एअन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई पराजित गरेकाे छ। 

युभेन्ट्सले फियोरेन्टिनालाई ३–० को गोलअन्तरले हराएको हो। युभेन्ट्सकाे जितमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। उनले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन्। 

युभेन्ट्सको एलियान्ज स्टेडियममा भएको खेलकाे ४० औं मिनेटमा घरेलु टोलीलाई पहिलो हाफमा पेनाल्टीमार्फत रोनाल्डोले अग्रता दिलाए। 

त्यस्तै, ८० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत दोस्रो गोल स्कोर गरे।

खेलमा रोनाल्डोसँगै डि लिग्टले पनि गोल गरेका थिए। लिग्टले खेलको इन्जुरी समयमा गोल गर्दा युभेन्ट्स ३–० गोलले विजयी भयो।

युभेन्ट्सबाट पोर्चुगिज फरवार्डको दुई गोलसँगै उनी ९ खेलमा लगातार गोल गर्ने खेलाडी बनेका छन्।

जितसँगै युभेन्ट्स २२ खेलबाट ५४ अंक बनाउँदै अंक तालिकाको शीर्ष स्थानमा छ। उसले १७ जित र तीन बराबरी खेल्दै ५४ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको इन्टर मिलानको ५१ अंक छ।

प्रकाशित: Feb 03, 2020| 12:38 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।