बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न नेपाल आइपुग्यो अमेरिकन टिम

त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न नेपाल आइपुग्यो अमेरिकन टिम

‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक शृंखला खेल्न अमेरिकाको टिम नेपाल आइपुगेको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गतको त्रिकोणात्मक शृंखला खेल्न अमेरिकाको टिम नेपाल आइपुगेको छ।

अमेरिकन क्रिकेट बोर्डको ट्विटर ह्यान्डल युएसए क्रिकेटले सोमबार ट्विटमार्फत अमेरिकन क्रिकेट टिम नेपाल आएको जनाएको हो।

नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखला आगामी बुधबार सुरु हुँदैछ।

राजधानीको कीर्तिपुर क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा ६ खेल सञ्चालन हुनेछन्, जसमा प्रत्येक टिमले समान चार खेल खेल्नुपर्नेछ।

‘विश्वकप क्रिकेट लिग २’ अन्तर्गत अमेरिकाले ८ र ओमानले ५ खेल खेलिसकेका छन्। नेपालले भने घरेलु मैदानमा पहिलो खेल खेल्दैछ।

लिगको अंकतालिकामा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा रहँदा ओमान ८ अंकसहित तेस्रोमा छ।

प्रकाशित: Feb 03, 2020| 09:01 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।