बुधबार, असार ३१, २०८३

मनाङलाई दोस्रोमा उक्लने अवसर

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आजको दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ।

दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) आमनेसामने हुँदैछन्। खेलमा ८ औं स्थानको जावलाखेल र ११ औं स्थानको ब्रिगेड ब्वाइज जित निकाल्दै आफ्नो स्थान सुधार गर्ने दाउका साथ मैदान उत्रने छन्।

खेलमा जित निकालेमा जावलाखेललाई अंकतालिकाको शीर्ष ६ मा प्रवेश गर्ने सम्भावना हुने छ। उता ब्रिगेड ब्वाइजले खेल जितेमा भने ऊ नवौं स्थानमा पुग्ने सम्भावना छ ।

त्यस्तै, आजै ३ बजे सुरु हुने दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्ने छन्।

१९ अंकसहित शीर्ष ३ मा रहेको मनाङको दाउ स्पट ३ अंक हात पारेर दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबरी गर्ने हो।

मछिन्द्रको २२ अंक छ। त्यस्तै, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २३ अंक छ।

अर्कोतर्फ १० औं स्थानको च्यासल युथ क्लब आजको खेलमा जित निकाल्दै आठौं स्थानमा पुग्न चाहन्छ। तर, आजको खेलमा पराजित भएको खण्डमा च्यासललाई रेलिगेसन जोनको नजिक पुग्न सक्छ।

प्रकाशित: Feb 03, 2020| 08:19 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।