बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रत्येक विकेट बराबर ८,८४८ रुपैयाँ रंगशालालाई दिने सन्दीपकाे घाेषणा

प्रत्येक विकेट बराबर ८,८४८ रुपैयाँ रंगशालालाई दिने सन्दीपकाे घाेषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।

घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक सिरिजमा उनले लिएको हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने सामाजिक संजालमार्फत घोषणा गरेका हुन्।

‘नेपाली क्रिकेटका लागि मसँग एउटा सपना छ जुन सपना नेपाली क्रिकेटका युवा हस्तिका लागि पनि महत्वपूर्ण छ। यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु’ सन्दीपले फेसबुकमा लेखेका छन्।

नेपालले अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट खेल्दैछ। खेल माघ २२ देखि २९ सम्म चल्ने छ।

प्रकाशित: Feb 02, 2020| 18:27 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।