बुधबार, असार ३१, २०८३

तेस्रो सम्झना कप टेबुल टेनिस सुरु

ललितपुर टेबुल टेनिस क्लबको आयोजनामा ‘तेस्रोे सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०२०’ सुरु भएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

ललितपुर- ललितपुर टेबुल टेनिस क्लबको आयोजनामा ‘तेस्रोे सम्झना कप खुल्ला अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता २०२०’ सुरु भएको छ।

अखिल नेपाल टेबुल टेनिस संघको वार्षिक कार्यक्रम अनुसार उक्त प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको हो।

इन्भेन्ट्स अन्तर्गत आइतबार जुनियर टिमहरुबीचका स्पर्धा सुरु भएका छन्।

प्रतियोगितामा भारत, दक्षिण कोरिया र पाकिस्तान तथा तीन विभागीय टोलीसहित अखिल नेपाल टेबुल टेनिस संघमा आबद्ध २६ जिल्ला तथा स्कुल–कलेजबाट ५२४ खेलाडीले १४ स्वर्ण, १४ रजत र २८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ओपन इभेन्ट्समा प्रथम हुनेले ६० हजार, द्वितिय हुनेले ३० हजार र तृतीय हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै भेट्रान्सको दुबै विधातर्फ प्रथम हुनेले १० हजार, द्वितिय हुनेले ५ र तृतीय हुनेले रु. २५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा जम्मा १० लाख ५० हजार बराबरको पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Feb 02, 2020| 17:53 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।