बुधबार, भदौ ३, २०८३

लागुऔषध गाँजा मुद्दाका फरार दुई पक्राउ

लागुऔषध गाँजा मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला सुनाइएपछि फरार रहेका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– लागुऔषध गाँजा मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला सुनाइएपछि फरार रहेका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्सा जिल्ला अदालतबाट छुट्टाछुट्टै मुद्दामा कैद र जरिवानाको फैसला सुनाइएका पर्सा, बहुदरमाईन–७ का ३० वर्षीय राम विनोद प्रसाद कुश्वाहा र पर्सागढी नगरपालिका–५ का ३० वर्षीय मनोज रायलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

कुश्वाहलाई जिल्ला अदालतले २०७४ फागुन २२ गते लागुऔषध गाँजा मुद्दामा एक वर्ष कैद र पाँच हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो।

फरार प्रतिवादी पक्राउ गर्न गठन गरिएको प्रहरी टोलीले शनिबार घरमा लुकिछिपी बसिरहेको अवस्थामा कुश्वाहलाई पक्राउ गरेको हो।

यस्तै, लागुऔषध गाँजा चरेस मुद्दामा रायलाई जिल्ला अदालतले गत जेठ २ गते ९ महिना ३ दिन कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो।

उनीहरूलाई प्रहरीले आइतबार बिहान गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाएको जनाएको छ।

प्रकाशित: Feb 02, 2020| 15:42 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।