बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जाडो अब केही दिन मात्रै रहने, यस्तो हुनेछ तीन दिनको मौसम

जाडो अब केही दिन मात्रै रहने, यस्तो हुनेछ तीन दिनको मौसम

मौसमविद् वरुण पौडेलका अनुसार अब बिस्तारै गर्मी चढ्नेछ । अबको १०/१५ दिनमा काठमाडौंको अधिकतम तापक्रम २५ डिग्रीसम्म पुग्न सक्ने उनले बताए।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- पश्चिमी वायुको प्रभाव हटेसँगै देशका अधिकांश भूभगको मौसम सफा देखिएको छ। आइतबार र सोमबाको मौसममा कुनै परिवर्तन नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा हने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

नेपालमा अहिले पानी पार्ने प्रणाली सक्रिय नरहेकाले आइतबार र सोमबार पहाडी क्षेत्रको मौसम एकैछिन बदली हुँदै घाम लागे पनि अन्य ठाउँको मौसम सफा हुने मौसमविद्हरुले बताए।

मौसमविद् वरुण पौडेलका अनुसार अब बिस्तारै गर्मी चढ्नेछ। १०/१५ दिनमा काठमाडौंको अधिकतम तापक्रम २५ डिग्रीसम्म पुग्न सक्ने उनले बताए।

बिहान बेलुका कठ्याँग्रिने चिसो कायम रहेपनि दिउँसो भने घाम लाग्ने अनुमान माैसमविद्काे छ।

 बादल र पानी पार्ने प्रणाली अझै बाँकी भएकाले केही दिन फेरि जाडो हुनसक्ने र उक्त समयपछि गर्मी ह्वात्तै बढ्ने मौसमविद् पौडेलले बताए।

यस्तो हुनेछ तीन दिनको मौसम

माघ १९ गते (आइतबार)

दिउँसो : पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते (सोमबार)

दिउँसो : पूर्वी तथा मध्य नेपालका भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का पानी पर्ने सम्भावना छ।

राति : देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रकाशित: Feb 02, 2020| 09:44 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।