बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीमा ट्राफिक चेकिङ हुँदा टिप्परमा ठोक्किएर मोटसाइकल चालकको मृत्यु

कलंकीमा ट्राफिक चेकिङ हुँदा टिप्परमा ठोक्किएर मोटसाइकल चालकको मृत्यु

ट्राफिक चेकिङका लागि रोक्न खोजेको मोटसाइकल टिप्परमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- ट्राफिक चेकिङका लागि रोक्न खोजेको मोटसाइकल टिप्परमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कलङ्की नजिकै खसी बजारमा शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले जाँचका लागि टिप्परलाई रोकेको थियो । मोटसाइकल चालकले ट्राफिक चेकिङका लागि रोक्न खोज्दा टिप्परमा ठोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Feb 02, 2020| 08:15 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।