काठमाडौं- नेपाल विरुद्ध भारतले गोल गरेको छ। दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा नेपाललाई भारतले गोल लगाएको हो।
भारतले गोल गरेपछि नेपाल दबाबमा आएको छ। यसअघि बिहीबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो।
अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्। त्यसको ठाउँमा सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।