बिहीबार, वैशाख ३१, २०८३

किन मर्न चाहन्छन् नेदरल्याण्ड्सका दशौँ हजार मानिस?

नेदरल्याण्ड्समा ५५ वर्ष वर्षमाथिका १० हजार १५६ मानिसले इच्छा मृत्यु चाहेका छन्।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं- नेदरल्याण्ड्समा ५५ वर्ष वर्षमाथिका १० हजार १५६ मानिसले इच्छा मृत्यु चाहेका छन्।

National life

त्यहाँका स्वास्थ्य मन्त्री एवम् क्रिस्चियन डेमोक्रेट सांसद ह्युगो डि जोङले यसबारे शुक्रबार संसदलाई जानकारी गराएका हुन्।

उनले एउटा प्रतिवेदनलाई उधृत गर्दै यसरी मृत्युवरण चाहनेको उमेर ५५ वर्षमाथि रहेको जानकारी गराए।

उनीहरु आफ्नो जीन्दगी समाप्त गर्नेबारे सोचिरहेको र सरकारसँग अनुमति खोजिरहेको ती मन्त्रीले जानकारी गराएका छन्।

त्यस्ता व्यक्तिहरु गम्भीर रोगको शिकार भएर मर्न नचाहेकाले सामान्य विरामी अवस्थामै मर्न चाहेको प्रतिवेदनमा उल्लेख छ।

यो प्रतिवेदन त्यहाँको ‘ब्यान विजगाडन कमिसन’ ले तयार गरेको हो।

मन्त्री जोङले यो कुरा सरकार र समाजका लागि निकै ठूलो सामाजिक मुद्दा भएको बताएका छन्। साथै उनले यो देश र समाजका लागि ठिक नभएकोसमेत उल्लेख गरेका छन्।

मन्त्री जोङले यसबारे सरकार गम्भीर हुनुपर्ने बेला आएको र ७५ वर्ष उमेर पुगेका व्यक्तिहरुका लागि इच्छा मृत्यु दिने सन्दर्भमा पनि सरकारले सोच्नुपर्ने बेला आएको बताएका छन्।

नेदरल्याण्ड्समा सन् २००१ मा इच्छा मृत्युमा रोक लगाइएको थियो।

इच्छा मृत्यु चाहनेको संख्या तिब्ररुपमा वृद्धि भएपछि सन् २००१ मा नेदरल्याण्ड्स सरकारले रोक लगाएको थियो।

प्रकाशित: Feb 01, 2020| 15:27 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।