बुधबार, भदौ ३, २०८३

कैलालीको अत्तरियामा युवती मृत फेला

कैलालीको अत्तरियामा एक युवती मृत फेला परेकी छन्।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

धनगढी– कैलालीको अत्तरियामा एक युवती मृत फेला परेकी छन्।

गोदावरी नगरपालिका–२ की २३ वर्षीय उर्मिला विष्ट अत्तरियास्थित खानेपानी ट्यांकी नजिकै मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी गत बिहीबारदेखि बेपत्ता थिइन्।

गत बिहीबार घाँस काट्न गएकी शुक्रबारसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजतलासका लागि इलाका प्रहरी कार्यालय, मालाखेतीमा निवेदन दिएका थिए।

स्थानीयले घटना शंकास्पद भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घटनाको अनुसन्धान भइरहेको बताए।

प्रकाशित: Feb 01, 2020| 14:36 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।