बुधबार, भदौ ३, २०८३

यस्तो छ तपाईंको आजको राशिफल

 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

मेष - आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। तिर्थाटनको योगपनि छ।

बृष - गरेका कार्यमा ढिलासुस्ती हुनेछ। समयको सही सदुपयोग नहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

मिथुन - एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ।

कर्कट - कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

सिंह - आज पुनर्मिलनको योगपनि रहेको छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोगपनि मिल्ला।

कन्या - आज दबाब र तनाव बढेको महसुस हुने छ। प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्नेछ। मनमा निरासा र शरीरमा आलस्यपनि आउला।

तुला - आत्मविश्वास र पराक्रममा वृद्धि हुने छ। बौद्धिकताको विकास हुने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

बृश्चिक - आज नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरु अगाडि बढ्नेछन। मान प्रतिष्ठामा बृद्धि होला। धर्मकर्ममा मन लाग्नेछ।

धनु - आफन्तको प्रगतिमा मन रमाउने छ। विद्या र बुद्धिको विकास हुने छ। श्रमको उचित मुल्याङ्कन हुने छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

मकर - जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी र प्रेमिका बीच खिन्नता बढ्नेछ। मुद्दा मामिला आइलाग्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ।

कुम्भ - शुभकार्यको चर्चा चल्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ।

मीन - आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। (ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्रो पात्रो)

प्रकाशित: Feb 01, 2020| 07:22 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।